Kanu sanyal biography in hindi
कानु सन्याल
कानु सन्याल | |
---|---|
जन्म | कृष्णकुमार सन्याल सन् १९३२ |
मृत्यु | २३ मार्च २०१० |
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय कम्युनिष्ट पार्टी |
कानु सन्याल (जन्म: १९३२–२३ मार्च २०१०) एक भारतीय कम्युनिष्ट राजनितीज्ञ थिए।[१] सन् १९६७ मा उनी नक्सली आन्दोलनका एक प्रमुख नेता थिए। उनी भारतीय कम्युनिष्ट पार्टीका एक सुरुवातकर्ता थिए जुन राजनितिक दल सन् १९६९ मा स्थापित भएको थियो।[२] सन्यालले २३ मार्च २०१० का दिन आत्महत्या गरेका थिए।[३][४]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]कानु सान्यालको जन्म दार्जिलिङ अन्तर्गत कार्शियाङ भन्ने ठाउँमा भएको थियो। उनी बुबा आनन्दगोविन्द सान्याल र आमा निर्मला सान्यालका सात सन्तान र मध्ये उनी तेस्रो सन्तान थिए। जलपाईगुडीको आनन्दचन्द्र कलेजमा मध्यवर्ती शिक्षा लिँदै उनी राजनीति प्रति उत्सुक भए र पछि उनी विस्तारै कम्युनिष्ट विचारधारासँग परिचित बन्न पुगे। केही दिन पछि उनले प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टिको विद्यार्थी शाखामा काम सुरु गरे। उनले आर्थिक अभाव कारण अध्ययनलाई निरन्तरता दिन असमर्थ बने। [५] त्यसपछि उनी दार्जिलिङको कालिम्पोङ अदालतमा राजस्व सङ्कलकको जागिर मिलेको थियो। त्यसको केही दिन पश्चात् बङ्गालका मुख्यमन्त्री विधान चन्द्र रायलाई कालो झण्डा देखाएको आरोपमा उनलाई गिरफ्तार गरिएको थियो भने कारागारको उनको भेट चारू मजुमदारसँग भएको थियो।
राजनिती जीवन
[सम्पादन गर्नुहोस्]कानु सान्याल जेलबाट छुटेपछि सन् १९५० मा अविभक्त भारतीय कम्युनिष्ट पार्टीको सदस्यको रूपमा रिहा गरिएको थियो। अप्रिल १९५२ मा उनी किसान आन्दोलन स्थापित गर्न दार्जिलिङ जिल्लाको गाउँमा पार्टीको सर्वकालिक कार्यकर्ता भए। उनी चिया मजदुर तथा भूमिहीन कृषकहरूको आन्दोलनको सुरुवातकर्ता थिए।[६] सन् १९६३ मा उनी शिलीगुडी उपविभाग किसान सङ्घक सम्पादकको रूपमा नियुक्त भए भने उनले केराला मालाबार अन्तर्गत कन्नानोरमा सम्पन्न साराभारत किसान सभा सम्मेलनमा भाग लिएका थिए। उनी सन् १९५६ मा दार्जिलिङ जिल्ला कृषक सभाका सचिवमा निर्वाचित भए।[७] त्यसपछिको साल प्रान्तीय किसान परिषद्ले सदस्यता पायो। कनू सान्याललाई सन् १९६२ मा भारत-चीन युद्ध वा सीमा विवादको क्रममा 'डिफेन्स अफ इण्डिया नियम' अन्तर्गत पक्राउ गरिएको थियो। [८] जेलबाट छुटेपछि उनले पार्टीको जिल्ला सचिवालयको पद प्राप्त गरे। सन् १९६४ मा कम्युनिष्ट पार्टिको विभाजन पश्चात् उनी कम्युनिष्ट पार्टि (मार्क्सवादी) मा सामेल भएका थिए।
मृत्यु
[सम्पादन गर्नुहोस्]सन् १९६९ मा कानु सन्यालले दार्जिलिङको नक्शलबाडीमा सशस्त्र आन्दोलनको अगुवाई गरेका थिए। आफ्नो जीवनको लगभग १४ वर्ष उनले कारागारमा विताएका थिए। नक्सलबाडीको सफुलजोत गाउँमा सन् २०१० मार्च २३ का दिन आफ्नै घरमा घाँटीमा फासो लगाई आत्महत्या गरेका थिए। उनी विगत लामो समयदेखि तीव्र शारीरिक रोगबाट ग्रस्त थिए।[९]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑Sinha, Avijit (२४ मार्च २०१०), "Naxalbari movement founder kills self", The Telegraph (India), अन्तिम पहुँच २६ जुन २०१८।
- ↑Franda, Marcus F. (१ जनवरी १९६९), "India's Third Socialist Party", Asian Survey9 (11): –, जेएसटिओआर, डिओआई/।
- ↑[१]
- ↑"Top Naxal leader Kanu Sanyal commits suicide", Rediff news, २३ मार्च २०१०, अन्तिम पहुँच १४ अगस्ट २०१२।
- ↑[२]
- ↑"Bengal Left Enhancement Govt Steps Into 28th Year"।वेब्याक मेसिनअभिलेखिकरण २०१२-०३-०१ मिति
- ↑The road shake off Naxalbariवेब्याक मेसिनअभिलेखिकरण २००६-१०-१७ मिति
- ↑"Naxalism today"।वेब्याक मेसिनअभिलेखिकरण २०२०-०६-०४ मिति
- ↑Saugata Roy, TNN 23 Mar , pm Smooth (२३ मार्च २०१०), "Top Naxal leader Kanu Sanyal found brand in his house", The Stage of India, अन्तिम पहुँच २०१२-०८-१४।वेब्याक मेसिनअभिलेखिकरण २०१४-११-०७ मिति